Section 9
प्राज्ञिक परिषद्को गठन
: (१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित एवं नियमित गर्ने निकायको रुपमा एक प्राज्ञिक परिषद्रहनेछ ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ :
(क) शिक्षाध्यक्ष – अध्यक्ष
(ख) प्रतिष्ठानका विभिन्न विषयगत समितिका अध्यक्षहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत पा“चजना– सदस्य
(ग) निर्देशक – सदस्य
(घ) प्रतिष्ठानका पाठ्यक्रम तथा परीक्षा सम्बन्धी निकायका प्रमुखहरू– सदस्य
(ङ) शिक्षकहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिलासहित दुईजना – सदस्य
(च) स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिलासहित दुईजना – सदस्य
(छ) डीनहरूमध्येबाट उपकुलपतिले मनोनयन गरेको डीन – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बा“की अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो, सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।